सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट सवारीका साधन सञ्चालन | Khabarhub Khabarhub

सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट सवारीका साधन सञ्चालन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- बाढीले सिन्धुपाल्चोकको पश्चिमी भेगमा सडक, पक्की र झोलुङ्गे पुल क्षतिग्रस्त छ ।

गत असार १ र यसपछिका लगातारको अकल्पनीय बाढीले सडक र पुलमा क्षति पुगेपछि जिल्लाका हेलम्बु,पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिकाका विभिन्न गाउँ सडक सञ्जालबाट सम्पर्क टुटेका छन् । अहिले स्थानीय तहले वैकल्पिक सडक सञ्चालनमा ल्याउने प्रयास  जारी राखेका छन् ।

बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट हेलम्बु जान तत्काल दुईवटा वैकल्पिक मार्ग रहेका छन् । काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने एउटा मार्ग तयार छ ।

सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मोका बस वैकल्पिक बाटोका रूपमा नारायणटार, भोटचौर, धुसेनी, मानेभञ्ज्याङ, चापबोट, तालामाराङ बजार हुँदै तत्कालका लागि ढुङ्ग्रेबजारसम्म सञ्चालन हुने तयारी गरिएको छ ।

आजदेखि बस बिहान ६ ,९ बजे र १२ बजे काठमाडौँबाट छुट्ने कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले जानकारी दिए । बाटोको अवस्था राम्रो भएमा अझ बस थपिने उनले जानकारी दिए । त्यस्तै सोमबार इन्द्रावतीको नवलपुरबाट मेलम्ची बससेवा पनि सुरु भएको उनले बताए ।

पाँचपोखरी थाङ्पालको भोटेनाम्लाङ हुँदै चौतारा–काठमाडौँ जाने वैकल्पिक बाटो सफा गर्न सुरु गरिएको छ ।

साउन १६ को बाढी र पहिरोले मेलम्ची–भोताङ सडक र नवलपुर जाने पुल बगाएको त्यस्तै बाहुनेपाटीको पुल जोखिममा रहेकाले वैकल्पिक बाटोका रूपमा भोटेनाम्लाङ हुँदै चौतारा बाटो सफा गर्न थालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । यहाँबाट चौतारा हुँदै काठमाडौँ पुग्न सकिने छ ।

पहिरोले हेलम्बु राजमार्गको जिरोकिलो–मेलम्ची खण्डमा अवरोध भएपछि मेलम्ची नगरपालिकाले वैकल्पिक बाटो निमार्ण गर्न लागिपरेको छ ।

नगरपालिकाका इञ्जीनियर जीतबहादुर कार्कीका अनुसार तत्काल फटकशिलाको पहिरो पन्छाउन सम्भव नरहेकाले वैकल्पिक बाटोको निमार्ण गर्न लागिएको हो ।

यस्तै वैकल्पिकरूपमा रहेको किउल, पाल्चोक, दुवाचौर, मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेकामा आजबाट सफा गरी यात्रुबस सञ्चालन तयारी गरिएको मेलम्ची नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए ।

सो सडक सञ्चालन हुँदा हेलम्बु–१, २, ३ मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पालका १ र २ वडाका बासिन्दा लाभान्वित हुनेछन् ।

उक्त सडकहरु सञ्चालन हुँदा पनि विभिन्न वडाका बस्ती सडक सम्पर्कबाट बञ्चित नै हुनेछन् । यसका लागि हेलम्बुबाट मेलम्चीका विभिन्न पुल र सडक, मेलम्ची, इन्द्रावती र पाँचपोखरी जोडने नवलपुर जाने र फट्टेको पक्की पुल सडक निर्माण जरुरी छ । सरकारले चनौटे र मेलम्चीको एक ठाउँमा यथाशीघ्र बेलीब्रिज हाल्ने जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : १० बजे

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका

हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु

बागमती – हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका