खोप नलगाइ परीक्षा नदिने भन्दै विद्यार्थीको प्रदर्शन « Khabarhub

खोप नलगाइ परीक्षा नदिने भन्दै विद्यार्थीको प्रदर्शन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौँको बागबजारस्थीत पद्मकन्या क्याम्पसमा परीक्षा केन्द्र परेका विद्यार्थीहरूले कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा सञ्चालन गरिएको भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले नो भ्याक्सीन नो इक्जाम भन्दै नारावाजी गरेका थिए । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

परीक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा कोरोनाको जोखिमको खतरा भएको विद्यार्थीहरूको भनाइ छ । कोरोनाका कारण राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परिक्षा स्थगन गरेपनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : १३ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि