‘लभ सर्कल’को ‘ओ मैया’ « Khabarhub

‘लभ सर्कल’को ‘ओ मैया’


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आगामी साउन २९ गतेबाट डिस होममा रिलिज हुने फिल्म ‘लभ सर्कल’को पहिलो गीत ‘ओ मैया’ सार्वजनिक भएको छ । गीतमा अंकितबाबु अधिकारी र विद्या तिवारीको स्वर, अंकित र अनवेष थुलुङ राईको शब्द तथा अंकितकै संगीत छ ।

गीतमा फिल्मका कलाकारहरु नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य र रिस्ता बस्नेत फिचर्ड छन् । पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीतमा दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

मि टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । वसन्त निरौला निर्देशित फिल्ममा रवीन्द्र झा र सुमन कोइरालाको पनि अभिनय छ ।

फिल्ममा अंकितबाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, विनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

डिस होम सिनेमा घर च्यानल नम्बर ५५५ बाट प्रदर्शन आउने फिल्म सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि फिल्म प्रदर्शन गरिने निर्माता अग्रवालले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ३० बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ