नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै « Khabarhub

नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीले नयाँ अनुभव बटुल्दैछ ।

शुक्रबार ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा-रात्रि खेल खेल्न लागेको हो । यसअघि नेपाली टोलीले टि-ट्वान्टी खेल दिवा-रात्रि खेले पनि एक दिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

टि-ट्वान्टी खेल दिवा-रात्रि खेलमा दुई विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लक्ष्यका साथ उत्रनेछ । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

पहिलो खेलमा विक्रम सोबले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, करण केसीलाई आराम दिइएको थियो ।

यो खेलमा गुल्सन झाले सोबको स्थान लिँदै डेब्यु गर्न सक्छन् ।

नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवसिय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो ।

नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पिएनजीसँग खेल्न लागेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ४० बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा