नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै « Khabarhub

नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीले नयाँ अनुभव बटुल्दैछ ।

शुक्रबार ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा-रात्रि खेल खेल्न लागेको हो । यसअघि नेपाली टोलीले टि-ट्वान्टी खेल दिवा-रात्रि खेले पनि एक दिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

टि-ट्वान्टी खेल दिवा-रात्रि खेलमा दुई विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लक्ष्यका साथ उत्रनेछ । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

पहिलो खेलमा विक्रम सोबले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, करण केसीलाई आराम दिइएको थियो ।

यो खेलमा गुल्सन झाले सोबको स्थान लिँदै डेब्यु गर्न सक्छन् ।

नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवसिय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो ।

नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पिएनजीसँग खेल्न लागेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ४० बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा