मस्जिदमा नाँच्दा सबालाई पक्राउ पुर्जी « Khabarhub

मस्जिदमा नाँच्दा सबालाई पक्राउ पुर्जी


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद(आजतक)– पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पाकिस्तान अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लाहोरको ऐतिहासिक मस्जिदमा डान्स भिडियो सुटिङ गरेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

सबा र गायक बिलाल सईद अदालतको कुनै पनि सुनुवाईमा उपस्थित नभएपछि लाहोरको मजिस्ट्रियल कोर्टले पक्राउ पुर्जी जारी गरेको हो । अदालतले उनीहरुविरुद्धको सुनुवाई अक्टोबर ६ सम्मका लागि स्थगित गरेको छ ।

लाहोर प्रहरीले गत वर्ष सबा र बिलालविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ अनुसार मुद्धा दर्ता गराएको थियो । सबा र बिलालमाथि डान्स भिडियो खिचेर लाहोरको मस्जिद वजीर खानलाई अपवित्र बनाएको आरोप लागेको हो । पञ्जाब सरकारले मस्जिदको पवित्रताको उल्लंघनको मामलामा दुई वरिष्ठ अधिकारीलाई वर्खास्त गरेको थियो ।

उनीहरुको भिडियोका कारण विवाद बढ्दै गएपछि सबा र बिलालले माफी पनि मागेका थिए । सबाले एक विवाहको दृश्यको छायांकन गरिएको र त्यसमा कुनै संगीतको प्रयोग नगरिएको दाबी गरेकी थिइन् ।

सबाले बलिउड फिल्ममा पनि काम गरेकी छन् । उनी इरफान खानका साथ फिल्म ‘हिन्दी मिडियम’मा अभिनय गरेकी थिइन् । उनको अभिनयको निकै प्रशंसा गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ३४ बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा