कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति « Khabarhub

कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेतृत्व पाएको छ । २१ भदौदेखि सुरु भई सम्पन्न भएको वडा अधिवेशनले जिल्लामा युवा पुस्तादेखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ ।

२ नगरपालिका र ८ पालिकामा भएको वडा अधिवेशनमा २८ वर्षीय प्रकाश ज्ञवाली जिल्लाकै कान्छो वडा सभापति बनेका छन् । ज्ञवाली रामपुर नगरपालिका–३ को वडाबाट सर्वसम्मत नेतृत्वमा पुगेका हुन् ।

ज्ञवाली विद्यार्थी राजनीतिदेखि तरुण दल हुँदै सक्रिय राजनीतिमा लागेका थिए । नेपाल तरुण दल रामपुरका सहसचिव समेत रहेका ज्ञवाली नगरभित्रका हरेक गतिविधिमा स्पष्ट धारणा राख्ने सक्रिय व्यक्तिको रुपमा चिनिएका थिए । वडा सभापतिमा निर्वाचित ज्ञवालीले आफू नामका लागि नभई कामका लागि नेतृत्वमा आएको बताए ।

ज्ञावलीले भने, ‘विगतदेखि नै समाजिक कार्यमा सक्रिय भएर लाग्दै आएको छु । म नामको लागि होइन समाजमा युवाको तर्फबाट केही गर्छु भनेर सक्रिय राजनीतिमा आएको हुँ ।’ ज्ञवालीले आफू सिकाईको चरणमा रहेको भन्दै अग्रजहरुको सुझाव र सल्लाहअनुसार अघि बढ्नेसमेत बताए । न्यूज कारखाना

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : ३७ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले