कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति | Khabarhub Khabarhub

कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेतृत्व पाएको छ । २१ भदौदेखि सुरु भई सम्पन्न भएको वडा अधिवेशनले जिल्लामा युवा पुस्तादेखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ ।

२ नगरपालिका र ८ पालिकामा भएको वडा अधिवेशनमा २८ वर्षीय प्रकाश ज्ञवाली जिल्लाकै कान्छो वडा सभापति बनेका छन् । ज्ञवाली रामपुर नगरपालिका–३ को वडाबाट सर्वसम्मत नेतृत्वमा पुगेका हुन् ।

ज्ञवाली विद्यार्थी राजनीतिदेखि तरुण दल हुँदै सक्रिय राजनीतिमा लागेका थिए । नेपाल तरुण दल रामपुरका सहसचिव समेत रहेका ज्ञवाली नगरभित्रका हरेक गतिविधिमा स्पष्ट धारणा राख्ने सक्रिय व्यक्तिको रुपमा चिनिएका थिए । वडा सभापतिमा निर्वाचित ज्ञवालीले आफू नामका लागि नभई कामका लागि नेतृत्वमा आएको बताए ।

ज्ञावलीले भने, ‘विगतदेखि नै समाजिक कार्यमा सक्रिय भएर लाग्दै आएको छु । म नामको लागि होइन समाजमा युवाको तर्फबाट केही गर्छु भनेर सक्रिय राजनीतिमा आएको हुँ ।’ ज्ञवालीले आफू सिकाईको चरणमा रहेको भन्दै अग्रजहरुको सुझाव र सल्लाहअनुसार अघि बढ्नेसमेत बताए । न्यूज कारखाना

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : ३७ बजे

माइतीघरमा उर्लिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु

चट्याङ लागेर महिलाको मृत्यु

सिरहा– सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं– खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद

ओरियन्टल होटल्सले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं– ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको