पीएनजीलाई २३४ रनको लक्ष्य, रोहितको अर्धशतक, करणको विस्फोटक ब्याटिङ « Khabarhub

पीएनजीलाई २३४ रनको लक्ष्य, रोहितको अर्धशतक, करणको विस्फोटक ब्याटिङ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई २३४ रनको चुनौतपूर्ण लक्ष्य दिएको छ । शुक्रबार ओमानमा भएको डेनाइट खेलमा सुधारिएको ब्याटिङ गर्दै नेपालले ४९ ओभर ३ बलमा अलआउट हुनुअघि २३३ रन बनायो ।

नेपालका लागि रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले १२३ बलमा ८६ रन बनाए । यो उनको एक दिवसीय खेलमा सर्वाधिक स्कोर हो । उनले आफ्नो शान्त इनिङमा ३ छक्का र २ चौका प्रहार गरेका थिए ।

पौडेललाई करण केसीले उत्कृष्ट साथ दिए । कुनै बेला २ सयको स्कोरसम्म पुग्न नेपाललाई कठिन देखिएका बेला मैदानमा आएदेखि नै करणले विस्फोटक ब्याटिङ गरे । उनले २६ बलमा ४२ रन बनाए । उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए ।

९ को स्कोरमा दुबै ओपनर गुमाएको नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उकासेका थिए । रोहितसँग ८९ रनको साझेदारी गरेका मल्लले ७० बलमा ४५ रन बनाएका थिए ।

यस्तै बिनोद भण्डारीले १७ रन बनाए भने सोमपाल कामीले ११ रनको योगदन दिए । सन्दीप लामिछाने र सुशान भारी शून्यमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

पीएनजीका लागि चाड सोपरले ३ विकेट लिए ।

लक्ष्य पछ्याउन पीएनजी केही मसयपछि मैदानमा आउने छ । पहिलो खेल जितिसकेको नेपालले यो खेल जिते श्रृंखला पनि जित्ने छ । नेपालले शुक्रबार पहिलो डेनाइट एक दिवसीय खेलेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ५१ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु