अब बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य हुने | Khabarhub Khabarhub

अब बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य हुने


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- सल्यानको कालीमाटी गाउँपालिका–७ घुइँयाबारीमा खानेपानी आयोजना निर्माण सुरुआत गरिएको छ ।

आयोजना निर्माणसँगै सो क्षेत्रमा रहेका ४०० घरपरिवारमा वर्षौदेखि बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ ।

बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीयले बस्ती नजिकै रहेको सो नदीको फोहर पानी प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा धमिलो पानी प्रयोग गर्ने गरेको स्थानीय वीरबल बुढाले जानकारी दिए ।

‘यहाँ ४०० भन्दाबढी घरधुरी छन् । खानेपानीको स्रोत नहुँदा वर्षौंदेखि यही बबईको पानीले गुजरा चलाउँदै आएका छौँ’, उनले भने ।

अहिले भने गाउँमा दुई खानेपानी योजना अगाडि बढ्दा स्थानीय औधी खुशी हुन थालेका छन् । आफूहरुलाई बबईको पानी धमिलो छ खाएपछि रोग लाग्छ भन्ने थाहा हुँदा पनि बाध्यताले गर्दा नदीको पानी प्रयोग गर्नुपरेको स्थानीय गीता बोहराले जानकारी दिए ।

‘पानी धमिलो हुन्छ घर ल्याएर केही घण्टासम्म राख्दा फोहर पिँधमा थिग्रिएपछि पानी खान्छौँ के गर्नु यसको विकल्प थिएन अब भने आयोजना सम्पन्न भएपछि दुःख हट्ने भयो’, उनले भने ।

बस्तीमा आउने पानीका मुहान धेरै भए पनि कसैले चासो नदिएका कारण खानेपानीको समस्या भएको स्थानीयको गुनासो छ ।

मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जामा पहुँच कार्यक्रमअन्तर्गत बस्तीमा ठूला खानेपानी आयोजना निर्माण गर्न लागेपछि भने स्थानीय खुशी भएका छन् ।

कार्यक्रमबाट रु १५ लाख र गाउँपालिकाको रु नौ लाख गरी रु २४ लाखको लागतमा खानेपानी योजना सुरुआत गरिएको जनाइएको छ । कार्यक्रमका जिल्ला संयोजक महेश हिताङ्गले कार्यक्रमअन्तर्गत मुहानमै पानीको शुद्धीकरण गरी घरघरमा धारा जडान गरिने उनले बताए ।

‘यस क्षेत्रमा समस्या धेरै छन् तर पनि खानेपानीको समस्या प्रमुख भएकाले हाल हामीले दुई  खानेपानी आयोजना सञ्चालन गरेका छौँ यसबाट तत्काल १२७ घरमा धारा जडान गरिने तयारी गरिएको छ’, उनले भने ।

यस क्षेत्रमा खानेपानीको चरम सङ्कट भएका कारण आयोजना सञ्चालन गर्नुपरेको र यसबाट स्थानीयलाई खानेपानीमा सहज पुग्ने संयोजक हिताङ्गले जानकारी दिए ।

अहिले दुवै आयोजनामा काम धमाधम भइरहेकाले अबको तीन महिनाभित्रमा सबै घरमा धारा जडान गरिने खानेपानी निर्माण समितिका अध्यक्ष चित्रबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ५५ बजे

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित