अब बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य हुने « Khabarhub

अब बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य हुने


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- सल्यानको कालीमाटी गाउँपालिका–७ घुइँयाबारीमा खानेपानी आयोजना निर्माण सुरुआत गरिएको छ ।

आयोजना निर्माणसँगै सो क्षेत्रमा रहेका ४०० घरपरिवारमा वर्षौदेखि बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ ।

बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीयले बस्ती नजिकै रहेको सो नदीको फोहर पानी प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा धमिलो पानी प्रयोग गर्ने गरेको स्थानीय वीरबल बुढाले जानकारी दिए ।

‘यहाँ ४०० भन्दाबढी घरधुरी छन् । खानेपानीको स्रोत नहुँदा वर्षौंदेखि यही बबईको पानीले गुजरा चलाउँदै आएका छौँ’, उनले भने ।

अहिले भने गाउँमा दुई खानेपानी योजना अगाडि बढ्दा स्थानीय औधी खुशी हुन थालेका छन् । आफूहरुलाई बबईको पानी धमिलो छ खाएपछि रोग लाग्छ भन्ने थाहा हुँदा पनि बाध्यताले गर्दा नदीको पानी प्रयोग गर्नुपरेको स्थानीय गीता बोहराले जानकारी दिए ।

‘पानी धमिलो हुन्छ घर ल्याएर केही घण्टासम्म राख्दा फोहर पिँधमा थिग्रिएपछि पानी खान्छौँ के गर्नु यसको विकल्प थिएन अब भने आयोजना सम्पन्न भएपछि दुःख हट्ने भयो’, उनले भने ।

बस्तीमा आउने पानीका मुहान धेरै भए पनि कसैले चासो नदिएका कारण खानेपानीको समस्या भएको स्थानीयको गुनासो छ ।

मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जामा पहुँच कार्यक्रमअन्तर्गत बस्तीमा ठूला खानेपानी आयोजना निर्माण गर्न लागेपछि भने स्थानीय खुशी भएका छन् ।

कार्यक्रमबाट रु १५ लाख र गाउँपालिकाको रु नौ लाख गरी रु २४ लाखको लागतमा खानेपानी योजना सुरुआत गरिएको जनाइएको छ । कार्यक्रमका जिल्ला संयोजक महेश हिताङ्गले कार्यक्रमअन्तर्गत मुहानमै पानीको शुद्धीकरण गरी घरघरमा धारा जडान गरिने उनले बताए ।

‘यस क्षेत्रमा समस्या धेरै छन् तर पनि खानेपानीको समस्या प्रमुख भएकाले हाल हामीले दुई  खानेपानी आयोजना सञ्चालन गरेका छौँ यसबाट तत्काल १२७ घरमा धारा जडान गरिने तयारी गरिएको छ’, उनले भने ।

यस क्षेत्रमा खानेपानीको चरम सङ्कट भएका कारण आयोजना सञ्चालन गर्नुपरेको र यसबाट स्थानीयलाई खानेपानीमा सहज पुग्ने संयोजक हिताङ्गले जानकारी दिए ।

अहिले दुवै आयोजनामा काम धमाधम भइरहेकाले अबको तीन महिनाभित्रमा सबै घरमा धारा जडान गरिने खानेपानी निर्माण समितिका अध्यक्ष चित्रबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ५५ बजे

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज

उद्धार तथा राहतमा १५ वटा हेलिकप्टर खटेका छन् : सरकार

काठमाडौं– सरकारले उद्धार तथा राहतमा १५ वटा हेलिकप्टर खटाएको जानकारी

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका