प्रधानन्यायाधीशको ‘कोटा’मा मन्त्री बनेको आरोप लागेका गजेन्द्र हमालले दिए राजीनामा « Khabarhub

प्रधानन्यायाधीशको ‘कोटा’मा मन्त्री बनेको आरोप लागेका गजेन्द्र हमालले दिए राजीनामा


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ ।

बाँके कांग्रेसका पूर्वसभापति रहेका गैरसांसद हमाललाई देउवाले मन्त्री बनाएपछि उनी प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएको थियो ।

उनी राणाका जेठान हुन् । उनी मन्त्री भएपछि वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीश राणालाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

हमालको नियुक्तिले संकटमा परेका थिए राणा

नातामा जेठान पर्ने हमालको नियुक्तसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संकटमा परेका थिए ।

राणाले राजनीतिज्ञसँग ‘वार्गेनिङ’ गर्दै सरकार पनि चलाउन खोजेको भन्दै वरिष्ठ अधिवक्ताहरुले राजीनामा दिन पनि माग गरेका थिए ।

अधिवक्ता डा. दिनेश त्रिपाठी, शम्भु थापा,  मुक्ति प्रधान, ओमप्रकाश अर्याललगायतले प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा नदिए उनलाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

संविधानवादको मूल आत्मामाथि नै प्रहार गरेको, शक्ति पृथकीकरण ध्वस्त पारेर सरकारसँग राणाको अपवित्र साँढगाँठले न्यायापालिकामाथिको जनविश्वासमा नै आघात पुगेको उनीहरुको आरोप थियो ।

राणाका कारणा सर्वोच्च अदालतको न्यायिक नैतिकताको धरातल नै समाप्त पर्न सक्ने भन्दै पूर्वप्रधानन्यायाधीशहरु तथा न्यायाधीश वृत्तमा समेत चिन्ता र चासो भइरहेका बेला हमाललाई एकाएक राजीनामा दिलाएर संकट टार्न  खोजेको कतिपयको मत छ ।

तत्कालीन ओली सरकारमा पनि भागबण्डा लिएको आरोप खेपेका राणाले संवैधानिक निकायमा भएको सोही सुनुवाइको मुद्दालाई अलपत्र पारेको भन्दै वरिष्ठ अधिवक्ता र न्यायीक वृत्तमा समेत उनको आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : ०२ बजे

५४ वर्षपछि पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष

मनसुन सक्रिय भएसँगै मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक