ताजा जनादेशमा जानु नै उचित : महासचिव पोखरेल « Khabarhub

ताजा जनादेशमा जानु नै उचित : महासचिव पोखरेल


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले पनि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य पुष्टि भएको बताएका छन् ।

विजयादशमीको पूर्वसन्ध्यामा आज आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने पनि स्पष्ट पारे ।

उनले प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुनःजनादेश पाउने विश्वास व्यक्त गरे । मन्त्रिमण्डल विस्तारका क्रममा न्यायपालिका जोडिएको विषयमा सोधिएको प्रश्नमा महासचिव पोखरेलले भने, “तपार्इँहरुले देखिरहनु भएकै छ, यो तमासा र विकृति कसरी वा किन भयो ? यसको वास्तविकता सञ्चार क्षेत्रले नै उजगार गरोस् ।”

उनले एमाले विपक्षमा रहँदा पनि समृद्धिका लागि पहल जारी राख्ने र जनताका लागि आवाज उठाइरहने उल्लेख गर्दै अप्ठेरो स्थितिमा पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन हालै सम्पन्न विधान महाधिवेशनले नीति तथा विधिका लागि म्याण्डेट दिएको र मङ्सिरमा हुने दशौँ राष्ट्रिय महासधिवेशले नयाँ नेतृत्व निर्वाचित गर्ने बताए ।

उनले आफू दुई कार्यकाल महासचिव भइसकेकाले त्योभन्दा माथि जुनसुकै पदका लागि ‘डिजर्भ’ गर्ने भए पनि अहिले अध्यक्ष ओलीले नेतृत्व गरेको यात्रालाई सत्ता गठबन्धनले चुनौती दिन खोजेकाले परामर्शमा मात्रै उम्मेदवारी तय गर्ने बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ५० बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये