रुपन्देहीमा गोली चल्यो, केही स्थानीय घाइते « Khabarhub

रुपन्देहीमा गोली चल्यो, केही स्थानीय घाइते


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपन्देहीको मोतीपुरमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

सुकुम्बासी भनेर जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ।

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलाएर भिडलाई तिरवितर पारेको हो।

स्थानीयले ढुंगा मुढाले प्रतिकार गरेका छन्। प्रहरीको गोली लागेर केही स्थानीयहरु घाइते भएको बताइएको छ। अहिले घटनास्थल तनावग्रस्त बनेको छ।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो। झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरी दुई राउण्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ३ : २९ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये