हिल्सा नाका खोल्न माग | Khabarhub Khabarhub

हिल्सा नाका खोल्न माग


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् ।

कोभिड– १९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन् ।

सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए ।

आर्थिक सङ्कटमा व्यवसायी

यो सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक सङ्कटमा परेको अध्यक्ष लामाले बताए । हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरीदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए ।

नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरुको लगानी सङ्कटमा पुगेका छन् । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ ।

रोजगारी गुम्यो

हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करिब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ । वैशाख महिनाको अन्तिम महिनादेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारी लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका बासिन्दा सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन् ।

वैशाखदेखि मङ्सिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुनेगरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या बनाएको नाम्काका स्थानीय दावा तामाङले बताए ।

करिब आठ महिना बढी चीनमा काम गरेर हुम्ला फिर्ता हुनेगरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घरपरिवारको खर्च चलाउन समेत समस्या बनाएको उनले बताए ।

उनले भने, ‘उत्तरी नाम्खा चीनमा निर्भर छ, उसो त सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाइ गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको छ ।’

हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुनुका साथै दशैँ तिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको उनको भनाइ छ ।

च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकाशियो

दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दशैँमा खसीको मूल्यमा वृद्धि भएको हो । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो हुनेभएको छ ।

चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ । विगत वर्षमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको महँगो हुनेभएको हो । हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायतका नाकाबाट बन्द हुँदा जिल्लामा खसीको तौल हेरेर रु १५ हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ ।

चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा रु १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु ३० हजारसम्म पर्ने गरेको सिमकोट २ का धनबहादुर भण्डारीले बताए । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन् ।

व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएर बिक्री गर्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकेजी रु एक हजार मूल्यमा बिक्री हुने गरेको छ ।

विगतका वर्षमा दशैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । तर कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ३ : ५९ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरासयी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण