बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी « Khabarhub

बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै आइतबार ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएका छन्।

बुटवल उपमहानगरपालिकाको वडानम्बर १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र (करिडोर)को अतिक्रमण हटाउने क्रममा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो ।  झडपमा ६ जना घाइते भएको जनाइएको छ ।

प्रशासनका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ ।

‘जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखि सुरक्षा व्यवस्था मजबुत बनाई आएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको अवस्थासमेत जोखिममा पर्न सक्ने देखिएकोले शान्ति सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन स्थानीय प्रशासन ऐन २०७८ को दफा ६ (क) को अधिकार प्रयोग गरी आज मिति २०७८ साल असोज २४ गते दिनको ४ बजेदेखि अर्को सूचना जारीसम्मका लागि देहायको चारकिल्ला तोकी कर्फ्यू आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ’, आदेशमा भनिएको छ ।

यस्तो छ आदेश

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ५ : २२ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये