ग्लोबल आईएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम « Khabarhub

ग्लोबल आईएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आईएमई बैंकका ग्राहकहरूले एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाको लाभ लिन पाउने भएका छन् ।

ग्राहकले ग्लोबल बैंकमा ‘ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता’ खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउनेछन्।

एनसेल आजियाटा लिमिटेड र ग्लोबल आईएमई बैंकबीच ‘ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता’ खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको एएसेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदार, उनीहरूका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरूका लागि विशेष बचत खाता हो ।

यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजनासहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाको फाइदा लिन सक्छन् ।

यस सम्झौताअनुसार ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्नेछन् ।

यस योजनाअन्तर्गतको सिम कार्डमा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स, ७ दिनको समयसिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् ।

त्यस्तै सिम सुचारु भएको पहिलो दुई दिनमा भएको सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले सय मिनेट अन नेट टक टाइम र सय एमबी डेटा प्राप्त गर्नेछन् ।

यी सुविधाहरू सात दिनको लागि मान्य रहने जनाइएको छ । साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस पाउनेछन् । भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पाउनेछन् ।

सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरूमा निःशुल्क रोमिङ सेवाको फाइदा पनि लिन सक्नेछन् ।

विद्यमान सहयात्री सिमका इच्छुक ग्राहकले पनि यस योजनाको लागि योग्य भएमा ग्लोबल बैंकको बैंकिङ सेवा लिन सक्छन् । यो योजनाबाट फाइदा लिन ग्राहकले आफ्नो नजिकैको ग्लोबल आईएमईको शाखामा ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्नुपर्छ ।

वैदेशिक रोजगारीमा जान इच्छुक १८ वर्ष वा सो भन्दामाथिका कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरू यो योजनाको लागि योग्य हुनेछन् । ग्राहकले ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता निःशुल्क खोल्न सक्छन् ।

यो योजाना अन्तर्गतको खातामा ग्राहकले डेबिट कार्ड, एक वर्षको लागि निःशुल्क इन्टरनेट वा मोबाइल बैंकिङ सुविधा, निःशुल्क एबीबीएस सेवा जस्ता विभिन्न सेवाहरूको लाभ पनि लिन सक्ने कुरा विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ४ : १७ बजे

सांसदहरूसहिका पूर्वविद्यार्थीलाई केसीसीले गर्यो सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसीसी) पूर्वविद्यार्थी समाजले शनिबार बिहान सम्मान

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

कैलाली– कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको तयारी पूरा

टक्सार– आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको

भारतमा मिनी बस दुर्घटना हुँदा दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा  खसेर मिनी बसेर

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व संकलन

अत्तरिया– कैलाली भन्सार कार्यालय धनगढीले छ अर्ब ३२ करोड ७१