ग्लोबल आईएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम | Khabarhub Khabarhub

ग्लोबल आईएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आईएमई बैंकका ग्राहकहरूले एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाको लाभ लिन पाउने भएका छन् ।

ग्राहकले ग्लोबल बैंकमा ‘ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता’ खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउनेछन्।

एनसेल आजियाटा लिमिटेड र ग्लोबल आईएमई बैंकबीच ‘ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता’ खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको एएसेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदार, उनीहरूका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरूका लागि विशेष बचत खाता हो ।

यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजनासहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाको फाइदा लिन सक्छन् ।

यस सम्झौताअनुसार ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्नेछन् ।

यस योजनाअन्तर्गतको सिम कार्डमा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स, ७ दिनको समयसिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् ।

त्यस्तै सिम सुचारु भएको पहिलो दुई दिनमा भएको सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले सय मिनेट अन नेट टक टाइम र सय एमबी डेटा प्राप्त गर्नेछन् ।

यी सुविधाहरू सात दिनको लागि मान्य रहने जनाइएको छ । साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस पाउनेछन् । भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पाउनेछन् ।

सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरूमा निःशुल्क रोमिङ सेवाको फाइदा पनि लिन सक्नेछन् ।

विद्यमान सहयात्री सिमका इच्छुक ग्राहकले पनि यस योजनाको लागि योग्य भएमा ग्लोबल बैंकको बैंकिङ सेवा लिन सक्छन् । यो योजनाबाट फाइदा लिन ग्राहकले आफ्नो नजिकैको ग्लोबल आईएमईको शाखामा ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्नुपर्छ ।

वैदेशिक रोजगारीमा जान इच्छुक १८ वर्ष वा सो भन्दामाथिका कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरू यो योजनाको लागि योग्य हुनेछन् । ग्राहकले ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता निःशुल्क खोल्न सक्छन् ।

यो योजाना अन्तर्गतको खातामा ग्राहकले डेबिट कार्ड, एक वर्षको लागि निःशुल्क इन्टरनेट वा मोबाइल बैंकिङ सुविधा, निःशुल्क एबीबीएस सेवा जस्ता विभिन्न सेवाहरूको लाभ पनि लिन सक्ने कुरा विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ४ : १७ बजे

बलिउड कलाकारमाथि किन खनिइन् श्रुति हासन ?

काठमाडौं– अभिनेत्री श्रुति हासन अहिले आफ्नो फिल्म ‘कुली’ को प्रदर्शनका

विद्याका अघि ईश्वर पोखेरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा सघाइरहेका नेकपा (एमाले)

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा

गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने

काठमाडौं– गाजा क्षेत्रमा स्थल आक्रमण गर्न इजरायली फौजले दशौँ हजार

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा