‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा उक्लियो « Khabarhub

‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा उक्लियो


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुपन्डोलको फ्रेन्डस क्लबमाथि २-० अन्तरको सहज जितका साथ मनाङ मर्स्याङ्दी सहिद स्मारक‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न चौथो चरणको पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउन ओलाओले आफिज र दिनेश राजवंशीले समान एक गोल गरे ।

४०औं मिनेतमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलमा मनाङले अग्रता लिएको थियो । ७२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई दिनेशले हेडरमार्फत जाली चुमाउँदै मनाङको अग्रता दोब्बर पारेका थिए ।

मनाङ चार खेलमा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । तीन खेलमा समान सात अंक बटुलेका सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चार खेलमा मात्र २ अंक जोडेको फ्रेन्डस भने १०औं स्थानमा छ ।

खेलमा मनाङले पकड बनाएको थियो । दुबै टोलीले गोल गर्ने अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । यसअघि २१औं मिनेटमा अञ्जनको पासमा स्ट्राइकर एडेलाजा सोमिडेले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल पोस्टभन्दा केही माथिबाट बाहिरिँदा मनाङले अग्रताको अवसर गुमएको थियो ।

३९औं मिनेटमा मनाङका आफिजले गरेको प्रहार गोलकिपर राहुल यादवले विफल पार्दै फ्रेन्डसको संकटा टारेका थिए । ४३औं मिनेटमा मनाङले अग्रता दोब्बर पार्ने अवसर गुमायो । पुजन उपरकोटीको फ्रिककमा अञ्जनले गरेको हेडर फ्रेन्डसका रक्षक रोनिल पाउलले बचाएका थिए । फ्रेन्डसको जारी लिगमा अझै जितविहीन छ ।

पौने ५ बजे सुरु हुने दोस्रो खेलमा च्यासल युथ र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : १५ बजे

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

काठमाडौं– डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा– जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक

नेपाल–अष्ट्रेलिया सहकार्यलाई थप परिणाममुखी बनाउन मन्त्री बादीको जोड

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

संसद्‌ सुरु हुनेबित्तिकै विपक्षीको विरोध

काठमाडौं – प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग

संसद् बैठकअघि सभामुखले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता