सुपरस्टार बन्नुअघि ऋतिक रोशन फिल्मी सेटमा कुचो लगाउथे, चिया पुर्याउथे | Khabarhub Khabarhub

सुपरस्टार बन्नुअघि ऋतिक रोशन फिल्मी सेटमा कुचो लगाउथे, चिया पुर्याउथे


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता ऋतिक रोशन सफल अभिनेता मानिन्छन् । उनी बलिउडमा ह्याण्डसम अभिनेताका रुपमा कहलिन्छन् । पिता राकेश रोशन निर्माता निर्देशक भएपनि ऋतिकलागी बलिउडको प्रवेश सहज थिएन ।

सन् २००० मा फिल्म कहो न प्यार है बाट ऋतिक रोशनले बलिउड प्रवेश गरेका थिए । तर फिल्ममा अभिनेताको भुमिका पाउनुअघि उनले कैयौं संघर्ष गर्नु परेको थियो । ऋतिकलाई काम सिकाउने भन्दै पिता राकेशले उनलाई आफ्नो फिल्मको सेटमा काम लगाउथे । ऋतिकले सेटमा कुचो लगाउनेदेखि कर्मचारीलाई चिया बाड्नेसम्मको काम गरेका छन् । पछि मात्र उनलाई पिता राकेशले असिस्टेन्ट डाइरेक्टर राखेका थिए ।

राकेशको फिल्म करण अर्जुनमा ऋतिक असिसटेन्ट निर्देशकका रुपमा काम गरेका थिए । जहाँ ऋतिकले निकै कष्ट भोग्नु पर्याे । कालान्तरम यस्तै कष्ट भोगेर काम सिक्दै गएपछि ऋतिक एक सफल अभिनेता बन्न सफल भए । उनले ६ बर्षको उमेरमा हजुरबुवा ओम प्रकाशको फिल्म आशामा बालकलाकारको भुमिका निर्वाह गरेका थिए । जहाँ उनको कमाई १ सय रुपैयाँ थियो ।

ऋतिक रोशन आज सुपरस्टार मानिन्छन् । उनको कहो न प्यार हैं, धूम २, अग्निपथ, जोधा अकबर, कृष, वारलगायतका फिल्म सुपरहिट छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ११ : १५ बजे

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई

कुलमानले काटिदिए उद्योगको बिजुली, निजी क्षेत्रको गुनासो : न्याय खोज्न अब कहाँ जाऊँ ?

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको