दोस्रो बच्चा जन्माउनु अघि बुझ्नै पर्ने ५ कुरा « Khabarhub

दोस्रो बच्चा जन्माउनु अघि बुझ्नै पर्ने ५ कुरा


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अधिकाशं दम्पतीहरुमा पहिलो सन्तानको कति अन्तराल दोस्रो सन्तान जन्माउन भन्नेमा दोधार रहने गरेको छ । यस्तोमा एक मात्र सन्तान जन्माउनेहरुका कारण एकल बच्चाहरु साथीभाईसँग घुलमिल नहुने भएकाले उनीहरुमा समाज तथा परिवारसँग एकाकार हुन कठिन हुन्छ । त्यसैले निश्चित समयान्तरमा दोस्रो बच्चा जन्माउनु नै राम्रो हो । तर, दोस्रो पटक गर्भधारण गर्दा भने केहि कुरामा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

१. उमेर
उमेर ढल्किएपछि महिलाको गर्भवती भएमा सन्तान जन्माउनु निकै कष्टकर र जोखिमयुक्त हुन्छ । तसर्थ महिलाले ३५ बर्षपछि गर्भवती भएमा डेलिभरीको समयमा केहि कठिनाइ आउनुका साथै बच्चाको विकास पनि सहि ढंगले नहुन सक्छ । यस्तोमा ३५ बर्षपछिको उमेरमा गर्भवती हुनु खतरायुक्त हुनसक्ने भएकाले दोस्रो बच्चा जन्माउने योजना बनाउनेहरुले उमेरको पनि ख्याल गर्नुपर्छ ।

२. समायान्तर
पहिलो बच्चा जन्मिए लगत्तै वा त्यसको लामो ग्यापमा समेत दोस्रो बच्चा जन्माउनु उपयुक्त हुँदैन । पहिलो बच्चा र दोस्रो बच्चाको उमेर अन्तर धेरै हुनुहुन्न । तसर्थ पहिलो सन्तान भएको २ बर्षपछि दोस्रो सन्तान जन्माउनु उपयुक्त हुन्छ । यदि दुई सन्तानबीच १७ महिनाभन्दा कम ग्याप भएमा प्रीमेच्योर वर्थको सम्भावना हुन्छ । साथै ५ बर्षपछि गर्भधारण नहुने संभावना बढि हुन्छ । २ बर्षपछिको अन्तरमा बच्चा भएमा बच्चाहरु एकअर्काको साथी बन्छन् । उनीहरुलाई हुर्काउन समस्या हुँदैन । उनीहरुलाई एक्लोपनले सताउने छैन ।

३. ख्याल राख्ने
दुई सन्तान हुदाँ उनीहरुबीच आपसमा इष्र्याको भावना पैदा हुने गर्दछ । यस्तोमा उनीहरु आमाबुवाको व्यवहार देखि खेलौनासम्म बराबर अधिकार खोज्छन् । यदि बराबर पुर्याउन नसकेमा उनीहरु हठ गर्दछन् । तसर्थ यस्तोमा दुबैलाई समान ख्याल र व्यवहार गर्नुपर्छ ।

४. आर्थिकभार
दोस्रो सन्तान जन्माउने योजनामा रहनु भएको छ भने आफ्नो आर्थिक परिस्थितिको ख्याल गर्नुहोला । दुई सन्तान भएपछि स्वतः आर्थिकभार बढ्दछ । साथै उनीहरुको पालन पोषणमा लगानी समेत थपिने गर्दछ ।

५. सल्लाह
दोस्रो सन्तान जन्माउनेमा योजनामा रहदाँ दम्पतीबीच आपसी सल्लाह हुन आवश्यक हुन्छ । साथै यसकालागी परीपक्व साथी वा अभिभावकको परामर्श लिनु लाभदायक हुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ०६ बजे

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर