काठमाडौंका चार स्थानमा ‘वाटर एटीएम’, ५ रुपैयाँमा १ लिटर पानी पाइने « Khabarhub

काठमाडौंका चार स्थानमा ‘वाटर एटीएम’, ५ रुपैयाँमा १ लिटर पानी पाइने


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा वाटर एटीएम सञ्चालनमा ल्याइएको छ ।

पानी खानका लागि आवश्यकता अनुसार सिक्का वा नोट राखेर स्वचालित रुपमा पानी आउने वाटर एटीएम सञ्चालनमा ल्याइएको हो ।

खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा सञ्चालनमा ल्याइएको वाटर एटीएमको खानेपानीमन्त्री मणिचन्द्र थापाले उद्घाटन गरेका हुन ।

वाटर एटीएम जडान भएसँगै स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको र सर्वसाधारण लाभान्वित हुने मन्त्री थापाले बताए । उनले १५ वटा एटीएम राख्ने लक्ष्य रहेको र हाल चार स्थानमा सञ्चालनमा आएको जानकारी दिए ।

पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैयाँ तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सुरुमा काठमाडौंको शान्तिबाटीकाबाट सुरु गरिएको वाटर एटीएमलाई अन्य स्थानमा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

वाटर भेन्डिङ मेसिन कसरी प्रयोग गर्ने ?

१) रु पाँच वा १० को नोटलाई वाटर भेन्डिङ मेसिनसँगै रहेको पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्ने ।

२) साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउने र २०० मिलिलिटर कागजको कप लिने ।

३) कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्ने ।

४) अनि रु १ को सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउने ।

५) २०० मिलिलिटर शुद्ध पिउने पानी कप वा बोतलमा झर्ने छ ।

६) त्यसरी प्रयोग गरेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्ने ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : २५ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ