स्याउको ‘हव’ बन्दै मुड्केचुला « Khabarhub

स्याउको ‘हव’ बन्दै मुड्केचुला


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट-  तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ ।

गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई स्याउको ‘हव’ बनाउने उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ छ ।

प्रतिबिरुवा रु ७० मा खरिद गरेर कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको वडा १, २, ३, ४, ५, ६, ७ र ९ मा बिरुवा वितरण भएको हो । मागका आधारमा स्याउका बिरुवा वितरण गरिएको छ ।

गाउँपालिकामा दुई ठाउँबाट सडक निर्माण कार्य जारी रहेको छ । सडक निर्माण कार्य सम्पन्न भएसँगै स्याउका बिरुवाले फल दिन शुरु गर्ने सम्भावना बढेको स्थानीयवासी समीर शाहीले बताए ।

त्रिवेणी र जुम्लाबाट एकै साथ सडक निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी आफूले उत्पादन गरेको स्याउले बजार पाउने भन्दै खुशी भएका छन् । त्यस्तै एक हजार ओखरका बिरुवा वितरण कार्य चलिरहेको छ ।

डोल्पा स्याउ उत्पादनको राम्रो जिल्ला मानिन्छ । यहाँ उत्पादन भएका स्याउले बजार नपाउँदा कृषक पीडित हुँदै आएका थिए । सडक विस्तारसँगै देशका विभिन्न ठाउँमा लिएर डोल्पाली स्याउले बजार पाउने भएसँगै स्याउ लगाउने कृषकको सङ्ख्या बढेको छ । खाद्यान्न उत्पादन कम हुने डोल्पामा स्याउ उत्पादन भने राम्रो हुँदै आएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ८ : ४५ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण