त्रिशूलीमा ट्रक खस्दा दुई घाइते | Khabarhub Khabarhub

त्रिशूलीमा ट्रक खस्दा दुई घाइते


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पृथ्वी राजमार्गको चुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् ।

उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटना भएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १० : १२ बजे

प्रतिनिधिसभा बैठकमा बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रुस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प र पुटिन वार्ता निर्णायक बन्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लाडिमिर

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

नौ जना बन्दी रिहा गर्न हमास तयार

इजरायल – शनिबार भएको वार्तापछि हमास केही बन्दीलाई रिहा गर्न

२४ घण्टामा विपदमा परेर चार जनाको मृत्यु, २८ घाइते

काठमाडौं – विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा चार जनाको