‘वार २’मा प्रभास भिलेन « Khabarhub

‘वार २’मा प्रभास भिलेन


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’लाई दर्शकले निकै मनपराए । यो एक्सनपूर्ण फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गर्यो ।

सिद्धार्थ आनन्द निर्देशित यो फिल्मले ऋतिक र टाइगरको करियरमा नयाँ उचाई थपिदियो । अब सिद्धार्थ यो फिल्मको सिक्वेल बनाउने तयारीमा छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार सिद्धार्थले यो महत्वाकांक्षी फिल्ममा बलिउडका ‘बाहुबली’ अर्थात् प्रभासलाई जोड्ने योजना बनाएका छन् । फिल्मको सिक्वेल ‘वार २’मा प्रभासलाई भिलेन गेटअपमा ल्याउने सिद्धार्थको सोच छ ।

यो फिल्मका लागि सिद्धार्थले प्रभाससँग कुराकानी गरिसकेका छन् । प्रभास फिल्म र फिल्मको कथाप्रति उत्साहित छन् । फिल्ममा प्रभासले सहमत जनाए ऋतिक र उनको द्वन्द्वले दर्शकलाई नयाँ कौतुहलता दिने बताइएको छ ।

निर्देशक सिद्धार्थ यतिबेला फिल्म ‘पठान’को सुटिङमा व्यस्त छन् । यो फिल्मको सुटिङ पछि उनी ‘वार २’मा लाग्नेछन् । फिल्मको बजेट धेरै भएकाले उनले ‘वार २’लाई बढी समय दिने बताइएको छ ।

फिल्ममा टाइगर श्राफको पनि अभिनय हुने चर्चा छ । तर फिल्मको पहिलो भागमा टाइगरको मृत्यु भएकाले सिक्वेलमा उनी रहन्छन् या रहन्नन् भन्ने अन्योल छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ११ : ५५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट