पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन « Khabarhub

पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।

बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।

नागेश्वरमा पनि भक्तजनको भीड

यसैगरी काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला टाउनप्लानिङमा रहेको नागेश्वर महादेव मन्दिरमा पनि आज बिहान ३ बजेदेखि नै भक्तजनका लागि चार ढोका खोलेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

बिहानदेखि अहिलेसम्म करिब पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग राजयमाझीले जानकारी दिए ।

बिहान १० बजेपछि नागेश्वर महादेव मन्दिरमा पनि धेरै भक्तजन दर्शनका लागि लाममा बसेका छन् । विसं १८८१ मा सरदार वाक्सिङ मन्दिर स्थापना गरिएको हो ।

महाशिवरात्रिका अवसरमा नागेश्वर महादेव मन्दिरमा पनि विशेष पूजासहित चारै प्रहर पूजा आराधना गरिन्छ । नागहरूले मानेको र पूजा आराधना गरेकाले नागेश्वर नाम रहेको उनले सुनाए ।

गोकर्णेश्वरमा बालयन्त्रको पूजाराधना

यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथमा दर्शनपछि दुवै यन्त्रको महत्व बुझेका भक्तजन गोकर्णेश्वर महादेव मन्दिरमा समेत दर्शनका लागि जाने गरेका छन् ।

उपत्यकाका डोलेश्वरलगायत विभिन्न स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ ।

निःशुल्क गुर्जो वितरण

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटको नेतृत्वमा निःशुल्क गुर्जोको चिया पिलाइएको छ ।

भक्तजनलाई गुर्जोको महत्वका विषयमा समेत जानकारी गराएर धुलो र चियाका पोका निःशुल्क वितरणसमेत गरिएको उनले सुनाए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : १४ बजे

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन

सुकुम्बासी र हुकुमबासी सरकारले पहिचान गरोस् : हरि रोका

काठमाडौं- सरकारले सहरका सुकुम्बासी व्यवस्थापन गर्न लागेको चर्चा छ ।

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई द्वन्द्वपीडित समुदायले  खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन

दुर्गम सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं– दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई