प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरू पुगे बालुवाटारमा « Khabarhub

प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरू पुगे बालुवाटारमा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का नेताहरू प्रधानमन्त्री केपी ओलीसँग आफ्ना माग र सत्ता समीकरणबारे छलफलका लागि बालुवाटार पुगेका छन् ।

सचिवालय बैठक सकेपछि जसपाका नेताहरु आफ्ना मागबारे प्रधानमन्त्रीसँग छलफलका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई भेट्न नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई बालुवाटार गएको केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।

जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना माग सम्बोधन गराउने र सत्तासमीकरणबारे छलफल गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

बिहीबारको बैठकबाट पाँचैजना शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थिति र आफ्ना मागहरूबारे तीनवटै दल सत्तारुढ एमाले, समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्रीसँग छलफल गरेपछि शेरबहादुर देउवा र प्रचण्डसँग पनि वार्ता गर्ने तय नेता झाले बताए । जसपाले संसदीय दलको शुक्रबार बैठक बोलाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : ३७ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई