प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरू पुगे बालुवाटारमा | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरू पुगे बालुवाटारमा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का नेताहरू प्रधानमन्त्री केपी ओलीसँग आफ्ना माग र सत्ता समीकरणबारे छलफलका लागि बालुवाटार पुगेका छन् ।

सचिवालय बैठक सकेपछि जसपाका नेताहरु आफ्ना मागबारे प्रधानमन्त्रीसँग छलफलका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई भेट्न नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई बालुवाटार गएको केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।

जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना माग सम्बोधन गराउने र सत्तासमीकरणबारे छलफल गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

बिहीबारको बैठकबाट पाँचैजना शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थिति र आफ्ना मागहरूबारे तीनवटै दल सत्तारुढ एमाले, समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्रीसँग छलफल गरेपछि शेरबहादुर देउवा र प्रचण्डसँग पनि वार्ता गर्ने तय नेता झाले बताए । जसपाले संसदीय दलको शुक्रबार बैठक बोलाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : ३७ बजे

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच