नेपाल-भारत बन्द सीमा तत्काल खुलाउन पहल गर्छौँ : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

नेपाल-भारत बन्द सीमा तत्काल खुलाउन पहल गर्छौँ : उपप्रधानमन्त्री पोखरेल


२७ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना महामारीका कारण बन्द नेपाल–भारत सीमा क्षेत्र खोल्न तत्काल पहल गर्ने बताएका छन् ।

महाशिवरात्रिको अवसरमा रौतहटको मौलापुर नगरपालिकामा पुरातात्विक महादेव मन्दिर पतौरामा भइरहेको दोस्रो मधानी महायज्ञमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सीमा नाका खोल्न पहल गर्ने बताएका हुन् ।

कोरोनाको कारण गत चैत्र ११ गतेदेखि बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र अझै खुल्न सकेको छैन । सीमा क्षेत्र बन्द हुँदा यहाँका जनता प्रत्यक्ष मारमा परेका बताउँदै उनले यसका लागि तत्कालै भारत सरकारसँग पहल गर्ने बताए ।

मधेश नेपालको सुन फल्ने ठाउँ भएकाले यहाँको विकासका लागि सरकार सधैं तत्पर रहेको उनको भनाइ थियो।

पोखरेलले रौतहटको मौलापुर नगरपालिकामा रहेको पुरातात्विक महादेव मन्दिरलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि सरकारले पहल गर्नेसमेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले मन्दिर विकास अवधारणा र संरक्षणबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  १० : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र