नेपाल-भारत बन्द सीमा तत्काल खुलाउन पहल गर्छौँ : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

नेपाल-भारत बन्द सीमा तत्काल खुलाउन पहल गर्छौँ : उपप्रधानमन्त्री पोखरेल


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना महामारीका कारण बन्द नेपाल–भारत सीमा क्षेत्र खोल्न तत्काल पहल गर्ने बताएका छन् ।

महाशिवरात्रिको अवसरमा रौतहटको मौलापुर नगरपालिकामा पुरातात्विक महादेव मन्दिर पतौरामा भइरहेको दोस्रो मधानी महायज्ञमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सीमा नाका खोल्न पहल गर्ने बताएका हुन् ।

कोरोनाको कारण गत चैत्र ११ गतेदेखि बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र अझै खुल्न सकेको छैन । सीमा क्षेत्र बन्द हुँदा यहाँका जनता प्रत्यक्ष मारमा परेका बताउँदै उनले यसका लागि तत्कालै भारत सरकारसँग पहल गर्ने बताए ।

मधेश नेपालको सुन फल्ने ठाउँ भएकाले यहाँको विकासका लागि सरकार सधैं तत्पर रहेको उनको भनाइ थियो।

पोखरेलले रौतहटको मौलापुर नगरपालिकामा रहेको पुरातात्विक महादेव मन्दिरलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि सरकारले पहल गर्नेसमेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले मन्दिर विकास अवधारणा र संरक्षणबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १० : ३१ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक