कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा « Khabarhub

कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो ।

राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा परिषदका सदस्य राष्ट्रहरुले शान्ति अभियानका सैनिकमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुन बमोजिम युद्ध अपराधका रुपमा लिइने उल्लेख छ । आक्रमणको अनुसन्धान गर्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन पनि कङ्गोको सरकारसँग अनुरोध गरिएको छ ।

मोनुस्को नामको यस शान्ति अभियानलाई तोकिएका जिम्मेवारी पूरा गर्न र राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षालाई ध्यान दिन पनि कङ्गो सरकारलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मोनुस्का अभियानमा सैनिक र प्रहरी पठाएर मद्दत गर्ने राष्ट्रहरुप्रति सुरक्षा परिषदले आभार पनि व्यक्त गरेको जनाइएको छ ।(रासस–सिन्ह्वा)

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : १४ बजे

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो

गण्डकी – प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब

आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी

काठमाडौं – निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी

शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर आम

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ