काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता थप्ने तयारी « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता थप्ने तयारी


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता लम्बिने भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आन्तरिक छलफलबाट निषेधाज्ञाबारे निर्णय लिने तयारी गरेका छन् ।

उपत्यकाको संक्रमणदर घटे पनि अझै जोखिमकै अवस्था रहेकाले निषेधाज्ञा थप्ने तीन जिल्लाका प्रशासनको तयारी छ ।

‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिने छ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ।

पछिल्लो पटक निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गरी त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइने उनले बताए । अहिले निषेधाज्ञालाई केही खुकुलो गरिने, कुन कुन क्षेत्रलाई खुकुलो बनाउने भन्ने बारे छलफल भइरहेको उनले बताए ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १ : १७ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना