निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना « Khabarhub

निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् ।

घरेलु हिंसाका घटना १३ वटा, जबरजस्तीकरणीका ३ वटा, जबरजस्तीकरणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका १/१ वटा मुद्दा दर्ता भएका छन् ।

निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उनले बताए । निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेको उनले जानकारी दिए । थापाले भने, ‘घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेका छन् ।’

कोभिड १९ का कारण स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  २ : ०१ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६