महिना दिन नपुग्दै पिच उप्किएपछि स्थानीयद्वारा विरोध « Khabarhub

महिना दिन नपुग्दै पिच उप्किएपछि स्थानीयद्वारा विरोध


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका– ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले मापदण्ड अनुसार काम नभएको भन्दै विरोध गरेका छन् ।

सडकको निर्माणको ठेक्का पाएको बस्नेत बिल्डर्स, कञ्चनपुरबाट गुणस्तरीय काम नगरेको स्थानीयवासीको आरोप छ । गाउँपालिकाको २ हजार ७ सय ४० मिटर सडक कालोपत्रे गर्ने १ करोड ९५ लाख २५ हजार ३ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको सो कम्पनीले गरेको कालोपत्रे एक महिना नपुग्दै उप्किन थालेपछि गाउँपालिकाको प्राविधिक टोलीले अनुगमन गरी सडकको गुणस्तर सुधार हुने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

निर्माण कम्पनीले हालसम्म निर्माण गरेको १ हजार २ सय ३५ मिटर सडकमध्ये करिब ३ सय मिटरको कालोपत्रेमा समस्या देखिएको पालिकाको प्राविधिक टोलीको भनाइ छ । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको पालिकाका इञ्जिनीयर नवीनकुमार सिंहले बताए । अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको सिंहको भनाइ छ ।

निर्माण कम्पनीका सञ्चालक नरेन्द्र बस्नेतले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोग गरेको सिंहले दाबी गरे । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिएको र निरन्तर सुधार गर्दै आएको भन्दै सञ्चालक बस्नेतले थप समस्या देखिएको ठाउँमा पुन सुधार गर्ने प्रतिबद्धता जनाए ।

बर्दगोरिया गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ७ सय ४० मिटर सडक कालोपत्रेको योजना अनुसार बर्दगोरिया गाउँपालिका– ५ मा ६२ लाख ५६ हजार ९ सय रुपैयाँको लागतमा १ हजार २ सय ३५ मिटर गाउँपालिका– १ स्थित बास्कोटीमा ५६ लाख २ हजार ८ सय रुपैयाँको लागतमा १ हजार ५० मिटर र गाउँपालिका– ४ को मुडा बजार–तल्ला पानी सडक खण्ड ७६ लाख ६५ हजार ४ सय रुपैयाँको लागतमा ४ सय ५५ मिटर सडक कालोपत्रे सहित एक रिटेलिङ वाल समेत निर्माण हुने भएको हो । – रासस

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : ३० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको