महिना दिन नपुग्दै पिच उप्किएपछि स्थानीयद्वारा विरोध | Khabarhub Khabarhub

महिना दिन नपुग्दै पिच उप्किएपछि स्थानीयद्वारा विरोध


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका– ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले मापदण्ड अनुसार काम नभएको भन्दै विरोध गरेका छन् ।

सडकको निर्माणको ठेक्का पाएको बस्नेत बिल्डर्स, कञ्चनपुरबाट गुणस्तरीय काम नगरेको स्थानीयवासीको आरोप छ । गाउँपालिकाको २ हजार ७ सय ४० मिटर सडक कालोपत्रे गर्ने १ करोड ९५ लाख २५ हजार ३ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको सो कम्पनीले गरेको कालोपत्रे एक महिना नपुग्दै उप्किन थालेपछि गाउँपालिकाको प्राविधिक टोलीले अनुगमन गरी सडकको गुणस्तर सुधार हुने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

निर्माण कम्पनीले हालसम्म निर्माण गरेको १ हजार २ सय ३५ मिटर सडकमध्ये करिब ३ सय मिटरको कालोपत्रेमा समस्या देखिएको पालिकाको प्राविधिक टोलीको भनाइ छ । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको पालिकाका इञ्जिनीयर नवीनकुमार सिंहले बताए । अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको सिंहको भनाइ छ ।

निर्माण कम्पनीका सञ्चालक नरेन्द्र बस्नेतले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोग गरेको सिंहले दाबी गरे । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिएको र निरन्तर सुधार गर्दै आएको भन्दै सञ्चालक बस्नेतले थप समस्या देखिएको ठाउँमा पुन सुधार गर्ने प्रतिबद्धता जनाए ।

बर्दगोरिया गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ७ सय ४० मिटर सडक कालोपत्रेको योजना अनुसार बर्दगोरिया गाउँपालिका– ५ मा ६२ लाख ५६ हजार ९ सय रुपैयाँको लागतमा १ हजार २ सय ३५ मिटर गाउँपालिका– १ स्थित बास्कोटीमा ५६ लाख २ हजार ८ सय रुपैयाँको लागतमा १ हजार ५० मिटर र गाउँपालिका– ४ को मुडा बजार–तल्ला पानी सडक खण्ड ७६ लाख ६५ हजार ४ सय रुपैयाँको लागतमा ४ सय ५५ मिटर सडक कालोपत्रे सहित एक रिटेलिङ वाल समेत निर्माण हुने भएको हो । – रासस

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : ३० बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना