६ महिनाभित्र कतार प्रवेश गर्नेलाई ‘इन्ट्री परमिट’ नचाहिने « Khabarhub

६ महिनाभित्र कतार प्रवेश गर्नेलाई ‘इन्ट्री परमिट’ नचाहिने


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा–  कोरोना महामारीका कारण मुलुक बाहिर फेसका वा विभिन्न समयमा छुट्टिमा गई ६ महिनाभित्र कतार प्रवेश गर्नेलाई ‘इन्ट्री परमिट’ नचाहिने भएको छ ।

सोमबारदेखि आवसीय भिसा प्राप्त तथा निवासी र आगन्तुकहरूलाई ६ महिनाभित्र कतार फर्किदा प्रवेश अनुमति ‘इन्ट्री परमिट’ नचाहिने भएको विमानस्थल पासपोर्ट विभाग अन्तर्गतका प्रशासनिक मामिला प्रमुख मेजर अब्दुल्लाह अल–जास्मिलाई उदृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।

मेजर अल जस्मीका अनुसार यदि कतारको वैधानिक आवासीय अनुमति छ र उनीहरूले मुलुक बाहिर ६ महिना भन्दा कम बसेका छन् भने इन्ट्री परमिट एक असाधारण अनुमति बिना प्रवेश गर्न पाउने छन् ।

विशेष कारणले कतारबाट छ महिना भन्दा बढी समयसम्म बसेका छन् वा केही परिस्थितिले गर्दा उनीहरूको भिसाको अनुमति समाप्त भएकाले पनि प्रवेश पाउने छन् । तर, त्यस्ता व्यक्तिहरुले कतारको इ–गभर्मेन्ट वेबसाइट वा ‘मेट्रास’ टु एप मार्फत आवश्यक पर्ने शुल्क तिरेर कतार फर्कन सक्नेछन् ।

कतार सरकारको यो नयाँ निर्णयसँगै विभिन्न समयमा छुट्टिमा गएर र कोरोना महामारीका कारण फर्कन नसकेका तथा ६ महिना भन्दा कम नेपालमा बसेका नेपाली श्रमिकहरुले इन्ट्री परमिट लिनुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : ३१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै