बाढीपहिरो पीडितलाई अस्थायी घर बनाउन पौने ३ करोड निकासा « Khabarhub

बाढीपहिरो पीडितलाई अस्थायी घर बनाउन पौने ३ करोड निकासा


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले यस वर्ष मनसुनका कारण क्षति व्यहोरेका पीडित परिवारलाई अस्थायी घर बनाउन पौने ३ करोड बजेट निकासा गरेको छ ।

मनसुन शुरू भएयता सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललगायत अन्य ७ जिल्लामा ५ सय ७३ घरमा क्षति भएको छ ।

निजी आवास क्षति भएका परिवारलाई तत्काल अस्थायी घर बनाउन प्रतिघर ५० हजारका दरले २ करोड ८६ लाख ५० हजार रुपैयाँ निकासा गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

कुन जिल्लामा कति ?

यसवर्षको मनसुन शुरू भएसँगै देशभर ५ सय ७३ घर क्षति भएका छन् । जसमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति पुगेको छ ।

सरकारले सिन्धुपाल्चोकमा २ सय ८६ परिवारलाई तत्काल अस्थायी बसोबासका लागि १ करोड ४३ लाख रुपैयाँ पठाएको छ ।

लमजुङका ३ परिवारलाई १ लाख ५० हजार, अर्घाखाँचीका ७० परिवारलाई ३५ लाख, हुम्लाका २३ परिवारलाई ११ लाख ५० हजार पठाएको छ ।

त्यसैगरी बाजुराका १ सय ५१ परिवारलाई ७५ लाख ५० हजार, दैलेखका ४ परिवारलाई २ लाख, दाङका ८ परिवारलाई ४ लाख र प्युठानका २८ परिवारलाई १४ लाख रकम पठाएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  २ : ३५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस