बाढीपहिरो पीडितलाई अस्थायी घर बनाउन पौने ३ करोड निकासा « Khabarhub

बाढीपहिरो पीडितलाई अस्थायी घर बनाउन पौने ३ करोड निकासा


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले यस वर्ष मनसुनका कारण क्षति व्यहोरेका पीडित परिवारलाई अस्थायी घर बनाउन पौने ३ करोड बजेट निकासा गरेको छ ।

मनसुन शुरू भएयता सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललगायत अन्य ७ जिल्लामा ५ सय ७३ घरमा क्षति भएको छ ।

निजी आवास क्षति भएका परिवारलाई तत्काल अस्थायी घर बनाउन प्रतिघर ५० हजारका दरले २ करोड ८६ लाख ५० हजार रुपैयाँ निकासा गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

कुन जिल्लामा कति ?

यसवर्षको मनसुन शुरू भएसँगै देशभर ५ सय ७३ घर क्षति भएका छन् । जसमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति पुगेको छ ।

सरकारले सिन्धुपाल्चोकमा २ सय ८६ परिवारलाई तत्काल अस्थायी बसोबासका लागि १ करोड ४३ लाख रुपैयाँ पठाएको छ ।

लमजुङका ३ परिवारलाई १ लाख ५० हजार, अर्घाखाँचीका ७० परिवारलाई ३५ लाख, हुम्लाका २३ परिवारलाई ११ लाख ५० हजार पठाएको छ ।

त्यसैगरी बाजुराका १ सय ५१ परिवारलाई ७५ लाख ५० हजार, दैलेखका ४ परिवारलाई २ लाख, दाङका ८ परिवारलाई ४ लाख र प्युठानका २८ परिवारलाई १४ लाख रकम पठाएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  २ : ३५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका