पाकिस्तानमा कोरोना संक्रमित बढ्दै , विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी « Khabarhub

पाकिस्तानमा कोरोना संक्रमित बढ्दै , विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ ।

मे ३० पछि पाकिस्तानमा सङ्क्रमण दर पहिलो पटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण रिपोर्ट अनुसार पाकिस्तानमा विगत २४ घण्टामा ४८ हजार ३६२ जनाको कोभिड–१९ परीक्षण भएकोमा एक हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएको हो । यो अवधिमा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित २७ विरामीको मृत्यु भएको छ । सङ्क्रमण सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेको छ भने दोस्रो बढी प्रभावित पाकिस्तानी राज्य ख्यैबर पाकथुङ्क्वा हो ।

पाकिस्तानमा अहिल्सम्म कूल नौ लाख ७३ हजार २८४ सङ्क्रमित रहेका छन् २२ हजार ५८२ सङ्क्रमितको कोभिडका कारण मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्ममा कूल ३७ हजार सक्रिय सङ्क्रमित रहेका छन् ।

अहिलेसम्म सिन्ध प्रान्तमा तीन लाख ४६ हजार ३६०, पञ्जाबमा तीन लाख ४८ हजार ८५ ख्यैबर पाकुङ्ख्वामा एक लाख ३९ हजार ३१३, इस्लामाबादमा ८३ हजार ६४७, बालोचिस्तानमा २७ हजार ९६१, गिलगिट–बाल्टिस्तानमा छ हजार ८५१ र विवादित पाकिस्तान प्रशासित काश्मिरी क्षेत्रमा २१ हजार ६७ व्यक्ति सङ्क्रमित भएका छन् ।

यसैबीच स्वास्थ्य अधिकारीहरूले पाकिस्तानी यी राज्यहरूमा कोरोना भाइरसको चौथो लहर फैलिने खतरा रहेको भन्दै सावधानीका लागि सरकार तथा नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पाकिस्तानमा जुलाईको अन्त्य वा अगस्टको सुरूतिर कोरोना भाइरसको चौँथो लहर फैलिनसक्ने जोखिम रहेको जियो न्यूजले अधिकारीहरूलाई अद्धृत गरी आफ्नो समाचारमा लेखेको छ । –रासस/एएन्आई

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ४४ बजे

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्रबासमा बस्न इच्छुक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानका अव्यवस्थित बसोबासबाट स्थानान्तरण गरी

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने