प्रदेश १ मा ८८५ कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

प्रदेश १ मा ८८५ कोरोना संक्रमित थपिए


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा प्रदेश  १ मा ८८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

जसमा एक हजार ५४२ को पीसीआर परीक्षण गर्दा ४९१ र एक हजार ४८६ को एन्टिजेन परीक्षण गर्दा ३९४ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६ मध्ये विराटनगरमा ५५, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा नौ, तेह्रथुममा छ, उदयपुरमा तीन, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा एकएक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो ।

सोही अवधिमा प्रदेशमा आज ५४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ३० बजे

नेपाली युवालाई लाहुर पठाउन चन्द्रशमशेरको धम्कीपूर्ण उर्दी !

एक प्रदेश मन्त्री तीन जना युवालाई जापान पु-याउन आफैं गोठालोजस्तो

हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि

काठमाडौं- हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय

आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै

काठमाडौं– सातौँ सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको

शान्ति वार्ता चलिरहँदा इजरायली आक्रमण जारी

जेरुसेलम – अहिले अमेरिकी मध्यस्थतामा मध्यपूर्वका युद्ध विरामको सम्भावना बढ्दै