काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७९६ कोरोना संक्रमितको आईसीयूमा र १८४ को भेन्टिलेटरमा गरी कुल ९८० जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४८ जना आईसीयूमा र ५५ भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी प्रदेश २ मा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ५०२ जना आईसीयूमा र १०८ जना भेन्टिलेटरमा उपचारत छन् ।
त्यस्तै गण्डकी प्रदेशमा ६८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ५९ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा, कर्णालीमा ८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयू र ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया