अपडेट : अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु « Khabarhub

अपडेट : अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अछाममा जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते  भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति ११ बजेतिर से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।

दुर्घटनामा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपानेको घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी तुलसीराम अर्यालले जानकारी दिए । यस्तै पञ्चदेवल विनायक-२ का १८ वर्षीयका सर्प बोहरा र १७ वर्षीय हिमाल नेपाली तथा पञ्चदेवल वडा नम्बर ३ का १८ वर्षीय जीवन जैसीको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको  डीएसपी अर्यालले बताए ।

घाइते १४ जनामध्ये अधिकांशको जिल्ला अस्पताल अछाममा उपचार भरहेको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : २६ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये