सामाजिक सुरक्षा भत्ता वितरण भएन « Khabarhub

सामाजिक सुरक्षा भत्ता वितरण भएन


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा–बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दशैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सो भत्ता जिल्लाका केही वडामा मात्रै वितरण भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा बित्तीय संस्थामा निकासा भैसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुने लगायतका कारणले ती समूहले भत्ता नपाएका हुन् ।

‘मेरो त दशैं खर्च नै त्यहि भत्ता हो तर आएन’ जैमिनी नगरपालिका वडा नं. १ का ९० वर्षीया बसुन्धरा शर्माले भनिन् ‘वर्षेनी यस्तै गर्छन्, दशैंमा सधैं हात खाली हुन्छ ।’ उनीको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उनका अरु कोही छैनन् भने ज्याला मजदुरी गरेर खाने उमेर छैन् ।

नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भएपनि दशैं बिदाअघि लक्षित समूहका हातमा पु¥याउन कठिन रहेको बताएको छ । ‘हामीले बैंकको खातामा पठाईसकेका छौं, बैंकले पुर्‍याउदै होला’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने । जिल्लाको तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैंकमा पैसा पठाएको छ । दशैं बिदा हुन दुइ दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ता बापतको रकम बैंकमा पठाइएकाले दशैं अघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारी नै बताउँछन् । लेखा अधिकृतको सरुवा लगायतका कारणले समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन् । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैं बिदामै भएपनि भत्ता बाढ्ने बैंकले आश्वासन दिने गरेका छन् । दशैंका लागि खुद्रा बनाउने र दशैं खर्चको जोहो गर्ने गरेका जेष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।

बागलुङको काठेखोला गाउँपालिकाले अधिकांश वडामा भने सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भएपनि दशैं अघिनै सबैले भत्ता पाउनेगरी यही असोज १५ मा नै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए । बैंक तथा बित्तिय संस्था मार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुइ दिन समय लाग्ने गरेको वडा अनुसारको जिम्मेवारी पाएका बैंक बताउँछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ११ : ४५ बजे

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा