सामाजिक सुरक्षा भत्ता वितरण भएन | Khabarhub Khabarhub

सामाजिक सुरक्षा भत्ता वितरण भएन


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा–बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दशैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सो भत्ता जिल्लाका केही वडामा मात्रै वितरण भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा बित्तीय संस्थामा निकासा भैसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुने लगायतका कारणले ती समूहले भत्ता नपाएका हुन् ।

‘मेरो त दशैं खर्च नै त्यहि भत्ता हो तर आएन’ जैमिनी नगरपालिका वडा नं. १ का ९० वर्षीया बसुन्धरा शर्माले भनिन् ‘वर्षेनी यस्तै गर्छन्, दशैंमा सधैं हात खाली हुन्छ ।’ उनीको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उनका अरु कोही छैनन् भने ज्याला मजदुरी गरेर खाने उमेर छैन् ।

नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भएपनि दशैं बिदाअघि लक्षित समूहका हातमा पु¥याउन कठिन रहेको बताएको छ । ‘हामीले बैंकको खातामा पठाईसकेका छौं, बैंकले पुर्‍याउदै होला’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने । जिल्लाको तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैंकमा पैसा पठाएको छ । दशैं बिदा हुन दुइ दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ता बापतको रकम बैंकमा पठाइएकाले दशैं अघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारी नै बताउँछन् । लेखा अधिकृतको सरुवा लगायतका कारणले समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन् । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैं बिदामै भएपनि भत्ता बाढ्ने बैंकले आश्वासन दिने गरेका छन् । दशैंका लागि खुद्रा बनाउने र दशैं खर्चको जोहो गर्ने गरेका जेष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।

बागलुङको काठेखोला गाउँपालिकाले अधिकांश वडामा भने सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भएपनि दशैं अघिनै सबैले भत्ता पाउनेगरी यही असोज १५ मा नै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए । बैंक तथा बित्तिय संस्था मार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुइ दिन समय लाग्ने गरेको वडा अनुसारको जिम्मेवारी पाएका बैंक बताउँछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ११ : ४५ बजे

भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै बिर्सिँदैनन् : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले गृहमन्त्री रमेश

अवहेलित आवाजहरूको उपचार केन्द्र : काठमाडौं एनिमल ट्रीटमेन्ट सेन्टर (तस्बिरहरू)

काठमाडौं–  उपत्यकाका गल्ली र सडकहरूमा कहिलेकाहीँ तपाईँको ध्यान खिच्ने बिराला,

विदेशी हस्तक्षेपको आरोपमा अस्ट्रेलियामा चिनियाँ नागरिकमाथि मुद्दा दायर

क्यानबेरा- अस्ट्रेलियन प्रहरीले बेइजिङका लागि स्थानीय बौद्ध समूहको जासुसी गरेको

एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि

अमेरिकी विशेष दूत विटकोफले आगामी साता रुस भ्रमण गर्ने ट्रम्पद्वारा पुष्टि

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ