मञ्जुसँग मनोजले कसे लगनगाँठो « Khabarhub

मञ्जुसँग मनोजले कसे लगनगाँठो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाँस्य कलाकार मनोज गजुरेलले लगनगाँठो कसेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । न्याय सेवाको अधिकृत मञ्जु उदयपुरकी हुन् ।

मनोजले सामाजिक सञ्जालमार्फत आफूले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर परिवारको उपस्थितिमा विवाह गरेको उल्लेख गरेका छन् । ‘सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद’, उनले लेखेका छन् ।

मनोजको चार वर्ष अघि पहिलो श्रीमति मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । मिनासँगको सम्बन्धविच्छेद पछि उनका एक छोरा र एक छोरी मनोजसँगै थिए ।

‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुवै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ उनले लेखेका छन् ।

मनोजले मञ्जु र आफ्नो एकै खालको परिवेश र उस्तै खालको भोगाई रहेको उल्लेख गरेका छन् ।

https://www.facebook.com/gajubook/posts/10159959131061474

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १२ : ४१ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि