‘सालैको पातैले’मा सलोन र रुबिनाको प्रेम « Khabarhub

‘सालैको पातैले’मा सलोन र रुबिनाको प्रेम


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ को चौथो गीत ‘सालैको पातैले’ सार्वजनिक भएको छ । भोलि असोज २६ गते फूलपातीमा दिनबाट रिलिज हुने फिल्मको यो गीतमा शिव मुखियाको स्वर रहेको छ ।

नवराज गिरीको शब्द रहेको गीतमा शिव मुखियाको संगीत रहेको छ । गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ ।

नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १ : ५१ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी