दशैँमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको संख्या बढ्यो « Khabarhub

दशैँमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको संख्या बढ्यो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ । पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको हो ।

सोमबार दुई हजारभन्दा बढी तीर्थयात्रीले पाथीभरामा पूजापाठ गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्याकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए। नेपालका दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीले आज पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गर्दै गरेको उनको भनाइ ५ ।

नवरात्रको पहिलो दिनदेखि नौ दिनसमम्म अर्थात् टीकाको अघिल्लो दिनसम्म पाथीभरा मन्दर क्षेत्रमा तीर्थयात्रीको भिड लाग्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

गत बुधबारदेखि आइतबारसम्मा १० हजारभन्दा बढीले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेका छन् । बुधबार दुई सय ५० तीर्थयात्री पाथीभरा मन्दिर पुगेको माथिलो फेदी प्रहरी चौकीले जनाएको छ ।

बिहीबार आठ यस २५ जना, शुक्रबार एक हजार ६ सय ५५, शनिबार ६ हजार २५ र आइतबार ११ सय ९५ तीर्थयात्री पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लाे फेदी प्रहरी चौकीका प्रहरी इन्चार्ज लोकबहादुर थापाले बताए ।

नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो, तर गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुल्ला गरेको हो । पाथीभरा दर्शन गर्न खुल्ला भएसँगै तीर्थयात्रीहको चहलपहल बढ्न थालेको हो ।

पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको भिडभाड बढेसँगै यातायाता व्यावसायी, होटल व्यावसायी र तीर्थयात्री सहयोगी उत्साहित भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ८ : १० बजे

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा