अवधारणापत्र सार्वजनिक गरेर उम्मेदवारी दर्ता गर्दै प्रकाशमान सिंह « Khabarhub

अवधारणापत्र सार्वजनिक गरेर उम्मेदवारी दर्ता गर्दै प्रकाशमान सिंह


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् ।

सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

‘अवधारणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम छ,’ लामिछानेले भनेका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।

संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन। हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानमा उत्रिने देखिन्छ। संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् ।

उनले शुक्रबारको उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भोट दिन आग्रह गरे । उनलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ ।

यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ४६ बजे

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार