एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरमा बस्दै, यस्ता छन् कार्यसूची « Khabarhub

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरमा बस्दै, यस्ता छन् कार्यसूची


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक आज सुरु हुँदैछ ।

बैठक जर्मन हाउस गट्ठाघर भक्तपुरमा दिउँसो १ बजे सुरु हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले खबरहबलाई जानकारी दिए । केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशन स्थल सौराहामै बसेको थियो।

आजको बैठकमा मनोनीत हुने ३१ जना केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुने बताइएको छ । एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने व्यवस्था छ ।

बैठकमा महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने विषयमा छलफल हुने बताइएको छ । विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाइएको छ ।

एमालेको महाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन । आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने बताइएको छ । बैठक भोलिसम्म चल्नेछ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ३७ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार