दुई लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम « Khabarhub

दुई लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।

जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको सङ्ख्या एक लाख ९७ हजार ३८२ पुगेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट एक लाख ८४ हजार ३३७ ले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिए ।

यस्तै जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर शुक्रबारसम्म १३ हजार ४५ ले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका थापाको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट नयाँ नागरिकता बनाउने भन्दा धेरैले नागरिकताको प्रतिलिपि निकालेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ४८६ ले नयाँ नागरिकता बनाउँदा चार हजार ६०१ ले नागरिकताको प्रतिलिपि निकालेका छन् ।

नयाँ नागरिकता बनाउने पुरुष दुई हजार ३३५ तथा महिला दुई हजार १५१ रहेका भन्दै सहायक प्रजिअ थापाले नागरिकताको प्रतिलिपि निकाल्ने पुरुष दुई हजार ४४१ तथा महिला दुई हजार १६० रहेका बताए ।

‘नागरिकताको प्रतिलिपि निकाल्नेको सङ्ख्या साउन भदौमा बढी देखिएको थियो’, सहायक प्रजिअ थापाले भने, ‘गाउँगाउँमा राष्ट्रिय परिचयपत्रका लागि टोली जाँदा धेरैको नागरिकता थोत्रो भएको, प्रष्ट नबुझिने भएको तथा नष्ट भएका जस्ता कारण उनीहरुको परिचयपत्रको काम भएन अनि प्रतिलिपि निकाल्न आएका थिए ।’

विभिन्न जिल्लाबाट नवलपुरमा बसाइँ सरेर आउनेको नागरिकताको प्रतिलिपिसमेत यहीँ बनाइएका कारण प्रतिलिपि निकाल्नेको सङ्ख्या धेरै देखिएको सहायक प्रजिअ थापाले बताए ।

जिल्ला प्रशासनमा राहदानीको काम रोकिएको छ । पुरानो (एमआरपी) राहदानी निर्माण रोकेर नयाँ ‘इ–पासपोर्ट’ बनाउन शुरू भएसँगै जिल्लाबाट राहदानीको काम रोकिएको हो । यद्यपि अत्यावश्यक पर्ने व्यक्तिका लागि इ–पासपोर्टको सिफारिस दिने काम भइरहेको सहायक प्रजिअ थापाले बताए ।

‘बिरामी भएर उपचारका लागि विदेश जानुपर्ने, विदेश गएर फर्किएर आएको पासपोर्टमा भिसा भएको तर पासपोर्टको म्याद सकिन लागेका जस्ता प्रमाण देखाएको अवस्थामा हामीले इ–पासपोर्टका लागि सिफारिस दिने गरेका छौँ’, सहायक प्रजिअ थापाले भने, ‘अन्य कामका लागि पासपोर्टको सिफारिस बन्द गरिएको छ ।’

अभिभावक विदेशमा रहेका तर नाबालक नेपालमा नै रहेका र उनीहरुलाई विदेश लैजानुपर्ने अवस्था आएको खण्डमा पनि राहदानी सिफारिस दिने गरेको थापाले बताए । तर, वैदेशिक अध्ययन तथा रोजगारका लागि जान नयाँ राहदानी बनाउन आउनेको हकमा भने अहिले सिफारिस बन्द गरिएको छ ।

अबको केही समयमा नै जिल्लाबाटै इ–पासपोर्ट जारी गर्ने तयारी भइरहेको भन्दै थापाले जिल्लाबाट इ–पासपोर्टको सिफारिससमेत बन्द गरिने बताए । अहिले राहदानी विभागसहित उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्ट जारी गर्दै आएका छन् ।

जिल्लामा साउनदेखि मङ्सिर पहिलो सातासम्म दुई हजार ६२० पुरुष तथा एक हजार ४०८ महिला गरी चार हजार २८ जले राहदानी लिएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ३० बजे

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता

प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको

धनुषामा युवती मृत फेला

धनुषा- धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक