बिरामीको उपचार गर्न कर्णालीमा पसेँ : डा केसी « Khabarhub

बिरामीको उपचार गर्न कर्णालीमा पसेँ : डा केसी


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– डा गोविन्द केसी बिरामीको उपचार गर्नका लागि कर्णाली प्रदेशमा पुगेका छन् । अर्थोपेडिक डा केसी दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्दै कर्णाली प्रदेश पुगेका हुन् ।

डा केसी बागलुङको बोबाङ स्वास्थ्य चौकी, रुकुम पूर्वको जिल्ला अस्पतालमा बिरामीको उपचार गरेपछि शुक्रबार बिहान रुकुमपश्चिमको जिल्ला अस्पतालमा आइपुगेका हुन् ।

रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन उपचार बिरामीको उपचार गरेर रुकुमपश्चिममा आएका डा केसीले एक हप्ता बिरामीको निःशुल्क उपचार गरेपछि सल्यान जाने कार्यक्रम रहेको छ ।

रुकुमपश्चिम जिल्ला अस्पतालमा डा केसीले हाडजोर्नीका बिरामीको उपचारको निदान र परामर्श गरिरहेका छन् ।

दुर्गमका उपचारको व्यवस्था राम्रो नभएको बिरामीहरूले राम्रो उपचार पाउन नसकेका कारणले अहिले आफू पश्चिम नेपालका पहाडी जिल्लाका दुर्गम गाउँमा उपचारका पुगेको रुकुमपश्चिममा एक हप्ता जिल्ला अस्पतालमा उपचार गरेपछि जिल्ला अस्पताल सल्यान जाने योजना रहेको डा केसीले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : २० बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम