जुम्लामा एमबीबीएस पढाइको शुभारम्भ राष्ट्रपति भण्डारीले गर्ने | Khabarhub Khabarhub

जुम्लामा एमबीबीएस पढाइको शुभारम्भ राष्ट्रपति भण्डारीले गर्ने


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलंगा– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आउने भएपछि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ ।

सो अवसरमा राष्ट्रपतिले रु ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रपति भण्डारीको जुम्ला आउने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी ठिक ११ बजे जुम्ला पुग्ने कार्यक्रम रहेको छ । हेलिकोप्टरमा आउन लागेकी भण्डारी नेपाली सेनाको नन्दाबक्स गणमा अवतरण गर्नेछिन् । उनले क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको रजिष्ट्रार महतले बताए । राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुगेका छन्।

स्वास्थ्यमन्त्री विरोध खतिवडा र शिक्षामन्त्री देवेन्द्र पौडेल आउने भने पनि व्यस्तताका कारण नआउने बताइएको छ । एक दशकअघिसम्म कर्णालीमा यो स्तरसम्मको पढाइ हुन्छ भन्ने कुनै कल्पना थिएन कर्णालीवासीका लागि यो उपलब्धि हो ।

राष्ट्रिपति कार्यालय र प्रतिष्ठानका बीच आपसी समन्वयमा कार्यक्रम तालिका बनेको हो । बिहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ । त्यसलगत्तै एमबिबीएसलगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुने रजिस्ट्रार महतले बताए ।

सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतलगायत २२ जनालाई सम्मान गर्ने कार्यक्रम छ । प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ । प्रतिष्ठान स्थापनाकालदेखिका पूर्वपदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सूचना अधिकारी रमेश भट्टराईले बताए।

एमबीबीएसमा १९, बीपीएचमा आठ, बीएनएसमा १६, बीफार्मामा आठ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ । पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुर्‍याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ ।

अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रमलगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबीबीएस, बीएनएस, बीफार्मालगायतका सङ्कायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ । रासस

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ५० बजे

बाँदरको बन्ध्याकरण : प्रदेशैपिच्छे प्रजनन केन्द्रको प्रस्ताव

काठमाडौं – बाँदरले देशभरका अधिकांश स्थानमा निम्त्याएको आतङ्कसँगै नियन्त्रणका लागि

आजका समाचार : अध्यादेशको बचाउमा कांग्रेस, उपेन्द्र थाप्दै च्याँखे दाउ, रवि हिरासततिर र गाजाक्षेत्र खाली गर्ने ट्रप्पको प्रस्ताव

चिया निर्यातलाई सहज बनाउने प्रधानमन्त्रीको आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीले

पर्यटन सचिवलाई टान गण्डकीको १४ बुँदे ज्ञापनपत्र

पोखरा– ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्कृति, पर्यटन

हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता माओवादी प्रवेश 

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताहरू नेकपा माओवादी