यस्तो छ मासुको अचार बनाउने तरिका « Khabarhub

यस्तो छ मासुको अचार बनाउने तरिका


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो खसीको मासु (छाला बासो नभएको), तोरिको तेल आवश्यकता अनुसार, १० ग्राम सुकेको रातो खोर्सानी भुटेर पिँध्नु, २५/२५ ग्राम जिरा, धनियाँ, रायो वा मुलाको बिउ (दाना) भुटेर पिँध्नु, नुन, बेसार, चूक अमिलो आधा चम्चा, ५०/५० ग्राम अदुवा पीस गरेको ।

बनाउने तरिका

मासु सफा गरी नुन बेसार राखेर पाक्ने गरी उसिन्नु र पानी निचोरेर लामो मसिनो पीस गर्नु । अब तेल तताई राम्रो कडा हुने गरी फ्राई गर्नु । अदुवा, लसुन पनि फ्राई गर्नु र बचेको तेलमा सबै मसला अदुवा, लसुन, अमिलो राखी चलाउनु र सुख्खा सीसीमा राख्नु । तेल नपुगेमा अर्को तताई डुब्ने गरी राख्नु तेलमा । यसरी बनाएको अचार ५/६ महिनासम्म राखी खान सकिन्छ । सीसीबाट निकाल्दा चम्चा चिसो हुनु हुँदैन । यो अचार खसी बाहेक चिकेन वा वफको पनि बनाउन सकिन्छ । तर बफ बनाउँदा अलिकति टिमुरको धुलो राख्नु पर्छ । अन्य मसला सोही अनुसार राख्नुपर्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : १५ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन